२ जेष्ठ २०८१, बुधबार

लाभांश पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा



NEPAl LIFE LOGO

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिसौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले माघ २८ गते, होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे साधारण सभा बोलाएको हो।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र ‘स्टक स्प्लीट’ प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हाल कायम चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर र प्रतिशेयर २० रुपैयाँ अर्थात २० प्रतिशत नगद लाभांश गरी कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ।

साथै, सम्बन्धित निकायबाट स्वीकृती प्राप्त गरेपश्चात कम्पनीको प्रतिशेयर मूल्य १०० रुपैयाँ रहेकोमा सो शेयरमूल्य सम्बन्धि व्यवस्थालाई परिवर्तन गरी प्रतिशेयर मूल्य ५० रुपैयाँ कायम गर्ने अर्थात ‘स्टक स्प्लीट’ गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

सभामा जाने प्रयोजनको लागि कम्पनीले माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यससँगै माघ १३ गतेसम्म कायम सेयरधनीहरु कम्पनीको साधारण सभामा सहभागी हुन तथा कम्पनीले वितरण गर्ने लाभांश पाउन योग्य हुनेछन् ।



प्रतिक्रिया दिनुहोस !