अरुणा अर्यालका ३ मुक्तक
मुक्तक
सलाईको काँटीसरि दनदनी दिल जलेको थियो
विक्षिप्त शरीर तर धड्कन अलिक चलेको थियो।।
पुगेन रत्तिभर उपचार खर्च टारि खेत बेचेर पनि
हट्यो जिजिविसा अन्तरमन आगो झैँ बलेको थियो ।।
म रिसाए पनि तिमी चाहिँ रिसाउनु भएन
तिम्रो मायामा द्वेष त झनै मिसाउनु भएन।
विस्वास गर्न सकिदैँन आफ्नै पनि सबैलाई
तब दुनियाँ लाई मनको व्यथा बिसाउनु भएन।
झुटकै सहारामा बाँच्छन् मान्छे अचम्म नमान ।
फूल गोड्ने बहानामा डाली भाँच्छन् मान्छे अचम्म नमान
विश्वास त यहाँ कसैलाई गर्दै नगर्दा राम्रो हुन्छ ।
आफ्नाकै घर भत्किँदा नाच्छन् मान्छे अचम्म नमान
अरुणा अर्याल