२२ बैशाख २०८१, शनिबार

दैनिक घट्दो क्रममा कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या



काठमाडौं। विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या पछिल्ला केही दिनयता विश्वभर नै घट्दो क्रममा रहेको देखिएको छ ।

गत २४ घन्टामा विश्वमा कोरोना भाइरसबाट चार लाख ५६ हजार सात सय १० जना संक्रमित भएका छन् भने विश्वभर आठ हजार आठ सय ९७ जनाको मृत्यु भएको छ ।

यसअघि सोमबार विश्वभर पाँच लाख ५७ हजारभन्दा बढी संक्रमित थपिएका थिए भने नौ हजार तीन सय ४० जनाको मृत्यु भएको थियो । आइतबार छ लाख ७६ हजार पाँच सयभन्दा बढी संक्रमित थपिदा १३ हजार तीन सय २१ जनाको मृत्यु भएको थियो ।

यसरी कोरोना भाइरसबाट संक्रमित र मृत्यु् हुनेको संख्या संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी रहेको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा १ लाख ३० हजार ७६० जना संक्रमित थपिएका छन् भने एक हजार तीन सय पाँच जनाको मृत्यु भएको छ ।

यस्तै बेलायतमा ३७ हजार पाँच सय ३५ जना संक्रमित थपिएका छन् भने पाँच सय ९९ जनाको मृत्यु भएको छ ।

ब्राजीलमा २४ हजार एक सय ३९, रुसमा २२ हजार आठ सय ५७ जना संक्रमित थपिएका छन् । सोही समयमा ब्राजीलमा चार सय ६० जनाको मृत्यु भएको छ भने रुसमा चार सय ७१ जनाले ज्यान गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस !