२८ बैशाख २०८१, शुक्रबार

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक, अब माघ १३ गते



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक फेरि सरेको छ। यसअघि पनि सरेर माघ ६ गते बस्ने भनिएको बैठक फेरि सरेर माघ १३ गते मंगलबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै बैठक सरेको जानकारी दिएका छन्।

उनले १३ गतेको बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि जानकारी गराएका छन्।

यसअघि पुस २७ गते दिउँसो १ बजेका लागि तोकिएको बैठक माघ ६ गतेका लागि सरेको थियो।

सरकारले प्रतिनिसभा विघटन गरेपछि कांग्रेस केन्द्रीय कार्य समिति बैठक पुस ७ मा सुरु भएको थियो।



प्रतिक्रिया दिनुहोस !