नेपालमा पनि भित्रियाे नयाँ प्रकारको कोरोना भाइरस, ३ जनामा संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा नयाँ प्रकारको कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बेलायतबाट आएका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुषमा नयाँ प्रकारको कोरोना पुष्टि स्वास्थ्य मन्त्रालयले विज्ञप्ती मार्फत जानकारी दिएको छ।
हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रकारको संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका छन् भने ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण देखिएको छैन। नयाँ प्रकारको भाइरस अहिले देखिएको भन्दा बढी संक्रामक रहेको बैज्ञानिकहरुले बताएका छन्। यो भाइरस देखिएपछि बेलायतमा पुन: लकडाउन गरिएको छ।