२२ बैशाख २०८१, शनिबार

चिसोबाट जोगिन मदिरा सेवन गर्दै हुनुहुन्छ, होसीयार ! मृत्युसमेत हुन सक्छ



काठमाडौं । अहिले जाडोको मौसम चलिरहेको छ । दिन प्रति दिन चिसो बढि रहेको छ । चिसो मौसममा आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ ।कतिपय मानिस जाडो भगाउने बहानामा मदिरा सेवन गरिरहेका हुन्छन् । यसो गर्दै हुनुहुन्छ भने विचार गर्नुस् है । शरीर न्यानो बनाउने भन्दै मद्यपान गर्नुलाई निकै जोखिम हुने चिकित्सकहरू बताउँछन् ।

धुमपान र मद्यपान गर्दा न्यानोको अनुभूति भएपनि त्यो भ्रम मात्र भएको चिकित्सक बताएका छन् । त्यतिमात्रै होईन चिकित्सकले खुलाएका छन्, ‘मद्यपानका कारण शरीर चिसोचाहिँ हुन्छ, तातो होइन । यो भ्रम हो । त्यसैले यो मौसममा मद्यपान गरेर सुतेकाहरुको राति नै मृत्यु समेत भएका घटनाहरु समेत हामीले देखेका छौँ ।

चिकित्सकहरु भन्छन्, ‘यस्तो समयमा मद्यपान गरेर चिसो बाहिर धेरै हिँड्नाले शरीर चिसिने समस्या हाइपोथर्मिया हुनसक्छ । त्यसैले यो विषयमा सावधान हुनुपर्छ ।’

जाडो मौसममा स्वस्थ्य व्यक्तिको शरीरको तापक्रम ३४ र ३५ डिग्री सेल्सियस अर्थात ९९.५ डिग्री फरेनहाइटभन्दा भन्दा तल झरेको अवस्थालाई हाइपोथर्मिया अर्थात् शरीर चिसिने समस्यालाई नै शीताङ्ग भनिन्छ । यस्तो समयमा शरीरका हातखुट्टा मात्रै चिसो नभई श्वासप्रश्वासमा समेत समस्या देखिन्छ । त्यस्तै मुटुको चाल बढ्न गई रक्तचाप अनियन्त्रित हुने गर्दछ । जसबाट व्यक्तिको मृत्युसमेत हुन सक्छ ।



प्रतिक्रिया दिनुहोस !