२९ बैशाख २०८१, शनिबार

आज २०७७ माघ ५ गते सोमवारको राशिफल



आज २०७७ माघ ५ गतेो सोमवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेषराशि

आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । सहकर्मीबाट विरोध आउला । यात्रामा मालसामान हराउन सक्छ ।

मिथुनराशि

छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ ।

सिंहराशि

आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा दुविधाहरू उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनसक्छ । सरकारी निकाएको भय रहनेछ ।

तुलाराशि

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

धनुराशि

कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

कुम्भराशि

आज सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

बृषराशि

लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साथीभाईसंग समय बित्नेछ ।

कर्कटराशि

आर्थिक कारोवारमा सफलता पाइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

कन्याराशि

आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

बृश्चिकराशि

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

मकरराशि

आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

मीनराशि

आज माजिक कामको दायित्त्व बढ्नेछ ।प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ । भूमि र वाहनबाट लाभ मिल्ने योग छ ।



प्रतिक्रिया दिनुहोस !