२० बैशाख २०८१, बिहीबार

गगन थापाले दिए प्रधानमन्त्री लाई फेरी कडा दनक(पुरापढ्नुहोस)



काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले केपी ओली अब कीर्तेप्रसाद ओली भएको बताएका हुन्।

प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले राजधानीमा आयोजना गरेको विरोध सभामा नेता थापाले यस्तो बताएका हुन्। ‘केपी ओली अब किर्ते प्रसाद ओली हो,’ उनले भने, ‘सुवास नेम्वाङले संविधान नै बिर्सिनु भयो। राष्ट्रपति अब गुटपति हुनुभयो।’

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गरेको पत्र नै नक्कली तयार गरेको भन्दै नेता थापाले ओलीले कीर्ते काम गरेको आरोप लगाएका हुन्। शुक्रबार संवैधानिक इजलासमा बहस गर्दै रमण श्रेष्ठले सार्वजनिक गरेको पत्रमा संविधानको धारा उल्लेख नगरी प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गरेको उल्लेख थियो। उक्त पत्रमा मुख्यसचिव शंकरदास बैरागीले हस्ताक्षर गरेका छन्।


तर प्रधानमन्त्री ओलीले पनि छुट्टै पत्र पठाएको शुक्रबार नै सार्वजनिक भएको थियो। ओलीको पत्रमा संविधानको धारा ७६ र ८५ उल्लेख गरिएको छ। प्रतिनिधि सभा विघटन गरेकै कारण भारतले नेपाललाई महत्व नदिएको समेत उनले बताए। ‘प्रदीप ज्ञवाली कमजोर धरातलका परराष्ट्रमन्त्री रहेकाले मोदीले भेट दिएनन,’ उनले भने।

भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री ज्ञवालीले रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँग भने छुट्टाछुट्टै भेटवार्ता भएको थियो।

नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले भारतमा शनिबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरिरहेका छन्। मन्त्री ज्ञवाली बैठकमा सहभागी हुन बिहीबार भारत प्रस्थान गरेका उनी शनिबार साँझ नेपाल वायुसेवा निगमको विमानबाट स्वदेश फर्कने कार्यक्रम छ।



प्रतिक्रिया दिनुहोस !