२४ बैशाख २०८१, सोमबार

एकै दिन विश्वमा ६ लाख बढी संक्रमित थपिए, करिब १३ हजारको मृत्यु



काठमाडौं। विश्वभर पछिल्लो २४ घन्टामा ६ लाख ३६ हजार ३१० जना संक्रमित थपिएका छन् ।

यसरी थपिनेमध्ये सबैभन्दा बढी अमेरिकामा १ लाख ९९ हजार १८७ जना रहेका छन् । यस्तै ब्राजीलमा ६२ हजार ४५२ जना, बेलायतमा ४१ हजार ३४६ जना, रुसमा २४ हजार ९२ जना, फ्रान्समा २१ हजार ४०६ जना नयाँ संक्रमित थपिएका छन् ।

विश्वभर पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट १२ हजार ८६९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा ३ हजार ३६२ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने बेलायतमा १ हजार २९५ जनाले ज्यान गुमाएका छन् ।

मेक्सिकोमा १ हजार १०६ जना, ब्राजीलमा १ हजार ५९ जना, रुसमा ५९० जना, इटालीमा ४७५, जर्मनीमा ५८४ जना, फ्रान्समा १९३ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !