२९ बैशाख २०८१, शनिबार

आज २०७७ माघ ४ गते आइतवारको राशिफल



मेषराशि

आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।

मिथुनराशि

आज आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

सिंहराशि

चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईएला । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

तुलाराशि

शुभ समाचार सुन्न पाइएला । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

धनुराशि

आज परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । विद्यामा सफलता पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

कुम्भराशि

सोचेका काम पूरा हुनेछन् । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

बृषराशि

आज चिताएको कामले तीव्रता लिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

कर्कटराशि

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ ।

कन्याराशि

कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

बृश्चिकराशि

साँझमा पैशा खर्च हुने योगछ । स्थान परिवर्तनका विशेष योग देखिन्छन् । लगानिको वातावरण बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला ।

मकरराशि

आज स्वादिष्ट भोजन पाईनेछ । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मीनराशि

शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।



प्रतिक्रिया दिनुहोस !