९ मंसिर २०८१, आईतवार

केटाकेटीकै रगत र पसिनाले ल्याएको व्यवस्थाबाट कुर्सी पाएकाको स्तर थाहा पाएँ खुशी लाग्यो: योगेश भट्टराई



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको स्तर थाहा पाउँदा खुशी लागेको बताएका छन्।

शनिबार प्रदेश १ कार्यकर्ता भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहमा गएका योगेश भट्टराईलाई ‘बैगुनी केटा’ को संज्ञा दिएका थिए। ताप्लेजुङमा दौडीदौडी निर्वाचनमा योगेशको लागि मत मागेर जिताएको र मन्त्री बनाएको भन्दै ओलीले अहिले उनै केटाले आफूलाई लात्ती हानेर हिँडेको भनेका थिए। प्रतिनिधिसभा विघटन भएपछि भट्टराईले मन्त्री पदबाट राजीनामा दिएका थिए। ओली क्याबिनेटमा भट्टराईले संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए।

ओलीले बैगुनी केटा र आफैले निर्वाचन जिताएको भन्दै सार्वजिनक मञ्चमा नै आलोचना गरेपछि भट्टराईले ट्वीट गर्दै ओलीलाई यसरी जवाफ फर्काएका छन्।



प्रतिक्रिया दिनुहोस !