२९ बैशाख २०८१, शनिबार

न्यायाधीशहरुलाई मैले भेटेको छैन, चिनेको पनि छैन: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्चका न्यायाधीशलाई नभेटेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म सर्वोच्चका कुनै पनि न्यायाधीशलाई नभेटेको दाबी गरेका हुन ।

उनले न्यायाधीशहरुलाई चिन्दा पनि नचिनेको बाताउँदै सर्वोच्च अदालतमाथि आक्रमण भएको आरोप समेत लगाएका छन् । प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म संसद विघटनको मुद्दामा रहेका कुनै पनि न्यायाधीशहरुलाई नभेटेको बताएका हुन ।

उनले भने,’ती नाम गरेका न्यायाधीशहरुलाई कहिले पनि भेटेको छैन। यसपटक मात्र होइन कहिले पनि।’आफूले संसदविघटनको मुद्दा हेरिरहेका अधिकांश न्यायाधीशहरुलाई चिन्दा पनि नचिनेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले आफूले प्रतिनिधिसभा विघटन गर्दा संविधानको धारा उल्लेख नगरिएको भन्दै विवाद झिक्न खोजिएको समेत आरोप लगाए । उनले संविधानअनुसार नै प्रतिनिधसभा विघटन गरेको बताउदै आफ्नो अधिकार प्रयोग गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !