३० मंसिर २०८१, आईतवार

सर्वोच्चले संसद् विघटन सदर गरे अदालतविरुद्ध जनता सडकमा उर्लिन्छन्: डा.गोविन्द केसी



काठमाडौं । डा.गोविन्द केसीले सर्वोच्च अदालतले प्रधानमन्त्रीले गरेको संसद् विघटनलाई सदर गरे अदालतविरुद्ध जनता सडकमा उर्लिने बताएका छन् ।

आज माइतीघरमा आयोजित नागरिक आन्दोलनलाई सम्बोधन गर्दै डा केसीले सबै संवैधानिक अंगहरु जनतालाई रैती बनाउनलाई नभइ सेवा दिनलाई बनाइएको बताएका छन् ।

उनले भने ‘अहिले सबैको आँखा सर्वोच्च अदालतमा रहेको छ, जनताले आशा गरेका छन्, अदालले संविधानको रक्षा गर्छ । जनताको आशा पूरा गर्नेछ, ओलीको धम्कीमा संविधानसभा विघटन सदर हुन्छ भने जनता सडकमा ओर्लिन्छन् ।’

ओलीको गैरसंवैधानिक कदमविरुद्ध अदालतमा मुद्दा विचाराधीन भएकाले धेरै टिप्पणी नगर्ने तर अदालत पनि जनताको निगरानीमा रहेको उनले बताए ।

डा केसीले प्रधानमन्त्री ओलीले भ्रष्टाचार, दलालीगर्ने लगायतलाई संरक्षण दिएको आरोप लगाउँदै आफ्नो कुर्ची नै हल्लिन थालेपछि संसद विघटनको असंवैधानिक कदम चालेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !