२८ बैशाख २०८१, शुक्रबार

काठमाडौंमा आज नेकपा ओली समूहको कार्यकर्ता भेला

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने



काठमाडौं ।आज सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहले दिउँसो १ बजे तिनकुनेस्थित रोयल बैंक्वेटमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।

भेलामा प्रदेश १ का अगुवा कार्यकर्ता भेलामा दाहाल-नेपाल समूहले कार्यकर्तातहमा पुर्‍याएको भ्रम चिर्ने रणनीति एवं चुनाव केन्द्रित प्रशिक्षण दिन लागिएको हो ।

भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि विभाजित बनेको नेकपाको दुबै समूह एकअर्काविरूद्ध उत्रिएका छन् । पुस ५ यताका समानन्तर बैठकले एकले अर्कालाई कारबाही गर्दै आफू नै आधिकारिक भएको दाबीसहित जनसभामा उत्रिएका छन् ।



प्रतिक्रिया दिनुहोस !