५ जेष्ठ २०८१, शनिबार

आज एकै दिन विश्वभर १४ हजारभन्दा बढी संक्रमितको मृत्यु



काठमाडौं। आज एकै दिन विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १४ हजार २५० जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज बिहान यो समाचार तयार पर्दा सम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख १६ हजार ६८ पुगेको छ।

हालसम्म विश्वभर नौ करोड ४२ लाख ४५ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६ करोड ७२ लाख ९८ हजार ९४८ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड ४९ लाख ३० हजार ४०२ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ चार लाख एक हजार ४६८ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप तीन हजार ४१४ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म दुई लाख आठ हजार २९१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५२ हजार ९४ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख ३७ हजार ९१६, बेलायतमा ८७ हजार २९५, इटलीमा ८१ हजार ३२५, फ्रान्समा ६९ हजार ९४९, स्पेनमा ५३ हजार ३१४, इरानमा ५६ हजार ६२१, अर्जेन्टिनामा ४५ हजार २२७, कोलम्बियामा ४७ हजार ८६८ तथा रसियामा ६४ हजार ४९५ जनाको मृत्यु भएको तथ्यांक छ।



प्रतिक्रिया दिनुहोस !