२७ बैशाख २०८१, बिहीबार

दाहाल-नेपाल समूहले १६ गते शक्ति प्रदर्शन गर्ने



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारविरुद्ध माघ १६ गते काठमाडौं शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो । यसअघि काठमाडौंमा माघ २३ का लागि प्रदर्शनको मिति तोकिएको थियो ।


पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्ध दोस्रो चरणको आन्दोलनमा रहेको नेकपाले अब राजधानी केन्द्रित कार्यक्रममा जोड दिने भएको छ ।

बैठकमा अध्यक्षद्वय दाहाल र नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटबारेमा ब्रिफिङ गरेका थिए । ब्रिफिङ्‌मा कांग्रेसले तत्काल संयुक्त आन्दोलनमा साथ नदिने बताएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !