८ मंसिर २०८१, शनिबार

नेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय बैठक जारी



काठमाडौं । नयाँ दिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक जारी छ । शुक्रबार अपरान्ह हैदरावाद हाउसमा बैठक सुरु भएको हो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरिरहेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयंशकरले गरिरहेका छन् ।

बैठकअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेका थिए । सुरु भएलगत्तै भारती विदेशमन्त्री एस जयशंकरले सम्बोधन गरेका छन् । विदशेमन्त्री जयशंकरले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।

बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठक तीन दिनसम्म चल्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !