२ जेष्ठ २०८१, बुधबार

वरिष्ठ नेता नेपाल-प्रचण्ड पक्षीय सांसदको भेला सुरु



काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदको भेला सुरु भएको छ ।

भेला नयाँबानेश्वरस्थित संसद भवन बीआईसीसीमा छ। बीआईसीसीको ल्होत्से हलमा सांसद भेला भएका छन् । भेलामा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि आजै प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पनि आफू पक्षीय नेतासँग बालुवाटारमा छलफल गरेका थिए ।

छलफलका क्रममा उनले प्रचण्डप्रति आक्रोश पोखेका थिए । पार्टी कब्जा गर्दै प्रधानमन्त्री बन्ने प्रचण्डको षडयन्त्र बुझेर आफूले यस्तो कदम चालेको बताएका थिए ।

आजै बिहान गृहमन्त्री रामबहादुर थापाले पनि आफू पक्षीय नेतासँग छलफल गरेका थिए । उनी ओलीले बोलाएको छलफलमा बालुवाटार गएका थिएनन् भने उनलाई भेट्न प्रचण्ड उनकै निवास पुल्चोक पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस !