हालसम्मकै ठुलो आईपीओ बिक्री खुला
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आइपीओ आजबाट सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको हो ।
यो नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो आइपीओ हो । यसले निष्कासन गर्न लागेको कुल सेयरमध्ये ०.२०% अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने ५% ले हुन आउने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
सर्वसाधारण लगानीकर्ताले बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयरका लागि आवेदन दिने सक्नेछन् । बैंकले प्रतिकित्ता १ सय अंकित मूल्यमा आइपीओ जारी गर्न लागेको हो । यस आइपीओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस अवधिमा आइपीओ बिक्री नभएमा माघ १६ गतेसम्म बिक्री खुला हुनेछ ।