नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक जारी
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरू भएको छ । अहिले काठमाडौं कोटेश्वरको पेरिसडाँडामा बैठक जारी छ ।
बिहीबारबाट सुरू भएको स्थायी कमिटी बैठकमा ‘संगठन र संघर्ष’ छलफलको एजेण्डा तय गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको यो समूहले प्रदर्शनलाई सशक्त बनाउनेबारे छलफल भइरहेको छ ।
संसद् पुनर्स्थापनाका लागि संयुक्त प्रदर्शनको प्रयास गरेपनि सम्भव हुन सकेको छैन । विपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले यो समूहसँग संयुक्त प्रदर्शन गर्न मानिरहेका छैनन् । त्यस विषयमा पनि यो स्थायी कमिटी बैठकमा छलफल गर्ने कार्यसूची छ ।
यसबाहेक पार्टी विभाजन पछि नेताहरुको कार्यविभाजन टुंग्याउन पनि यो बैठकमा छलफल हुँदैछ ।