२९ बैशाख २०८१, शनिबार

चुनावको तयारीमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वैशाखमा घोषणा गरिएको चुनाव तोकिएको मितिमा हुने बताउँदै तयारीमा जुट्न निर्देशन दिएका छन् ।

विहीबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा ओलीले तोकिएको समयमा चुनाव हुने बताउँदै निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

छलफलमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार निर्वाचन गर्नेबारे छलफल भएको हो । छलफलमा क्रममा ओलीले सूर्य चिन्ह आफूहरूले नै पाउने बताएका थिए ।

उनले प्रथम अध्यक्ष र महासचिव आफूसँगै रहेकाले विधानअनुसार आधिकारिक नेकपा आफूहरु नै भएको स्पष्ट पारेका थिए ।

बैठकमा हालसम्म देशैभर भएका प्रदर्शन, भेला, प्रशिक्षण र बैठकहरूले पार्टीको पक्षमा जनलहर बढेको बारेमा समेत मन्त्री तथा स्थायी कमिटी सदस्यहरुले ओलीलासँग ब्रिफिङ गरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !