४ जेष्ठ २०८१, शुक्रबार

विप्लव समुहद्वारा देशव्यापी प्रदर्शन र नेपाल बन्दको घोषणा



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ता धरपकडको विरोधमा देशव्यापी आन्दोलन गर्ने भएको छ।

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा माघ १० गते नेपाल बन्द आह्वान गरेको छ ।

कञ्चनको गिरफ्तारीविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्दै विप्लव नेकपाले बन्द आह्वान गरेको हो ।

बिहीवार प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले माघ ३ गतेदेखि १० गतेसम्मका संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !