९ मंसिर २०८१, आईतवार

चन्द्रागिरिको आईपीओ भर्नेलाई केवलकारमा २५ प्रतिशत छुट दिने



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको पौष २९ गते बुधबार सम्पन्न ११ औं वार्षिक सधारण सभाले चन्द्रागिरिको आईपीओ भर्नेलाई चन्द्रागिरी केबलकारमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारण सभामा कम्पनीको वित्तिय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।

साधारण सभाको अवसरमा, चन्द्रागिरी हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केबलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ।

चन्द्रागिरी हिल्स लिमिटेडको साधारण सेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वास अनि सबैलाई शेयर पर्ने सम्भावना न्यून रहेकाले सम्पूर्ण आवेदकहरुको सम्मान गर्दै कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो योजना सार्वजनिक गरिएको बताएका छन् ।

स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको सेयरमा आवेदन दिने १२ लाख ५६ हजार ७४६ आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउण्टरमा देखाउनुपर्नेछ । साथै यो योजना माघ ०५ देखि १ वर्ष सम्मको लागि मान्य हुने कम्पनीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !