६ जेष्ठ २०८१, आईतवार

पछिल्लो २४ घण्टामा नेपालभर ४०३ कोरोना संक्रमित थपिए, ६ को मृत्यु



काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको मन्त्रालयले जानाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६० हजार १७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९४३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !