९ मंसिर २०८१, आईतवार

गोरखामा कांग्रेस सभापति देउवा सवार हेलिकप्टर आकस्मिक अवतरण



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर खराब मौसमका कारण गोरखामा आकस्मिक अवतरण गरेको छ ।

कांग्रेस सभापति देउवा हेलिकप्टर पर्वत जाँदै गर्दा गोरखाको पालुङटारको आँपपिपल भन्ने स्थानमा आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

तत्कालिन माओवादीबाट मारिएका कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन पर्वत जाँदै गर्दा खराब मौसमका कारण हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !