९ मंसिर २०८१, आईतवार

आजदेखि अर्को बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क ‍लाग्ने



काठमाडौं । आजदेखि अर्को बैंकको एटिमएमबाट पैसा झिक्दा पैसा लाग्ने भएको छ।

राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा सेवा शुल्क लिन पाउने व्यवस्था गरेसँगै आजदेखि अन्य बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने भएको हो।

निर्देशिका अनुसार एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा बैंकहरुले महिनामा २ वटा कारोबारसम्म निःशुल्क दिनुपर्ने छ भने त्यसपछि प्रतिकारोबार २० रुपैयाँ शुल्क लाग्नेछ ।

कोरोनाको असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकहरुले नै निःशुल्क गरेका थिए।



प्रतिक्रिया दिनुहोस !