६ जेष्ठ २०८१, आईतवार

एकै दिन विश्वमा १५ हजार ७०० भन्दा बढी संक्रमितको मृत्यु



काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टाभित्र १५ हजार ७६५ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख ८४ हजार ८८७ पुगेको छ।

हालसम्म विश्वभर नौ करोड २७ लाख १५ हजार ९५३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६ करोड ६२ लाख ४४ हजार ३८१ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड ४४ लाख ८६ हजार ६८५ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ९३ हजार ४८२ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप तीन हजार ३६५ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म दुई लाख ६ हजार जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५१ हजार ७५८ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख ३५ हजार ६८२, बेलायतमा ८४ हजार ७६७, इटलीमा ८० हजार ३२६, फ्रान्समा ६९ हजार ३१, स्पेनमा ५२ हजार ८७८, इरानमा ५६ हजार ४५७, अर्जेन्टिनामा ४४ हजार ९८३, कोलम्बियामा ४७ हजार १२४ तथा रसियामा ६३ हजार ३७० जनाको मृत्यु भएको तथ्यांक छ।



प्रतिक्रिया दिनुहोस !