२६ बैशाख २०८१, बुधबार

आज माघे संक्रान्ति, माघी पर्व मनाइँदै



काठमाडौं । आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ ।

आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

आज देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको घुईंचो लागेको छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तर, यस बर्ष कोरोना भाइरसका कारण मेला कति स्थानमा मेला नहुने भएको छ । सबै आ-आफ्नो घरमा स्नान गरेर मनाइँदै छ ।


माघे संक्रान्ति दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो दिने र शरीरमा उर्जा थपिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको छ ।

यसैबीच थारु समुदायले आज नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् ।

नेवार समूदायमा घ्यूचाकु सँल्हु नामले माघे संक्रान्ति मनाइन्छ । उनीहरुले चाकुमा तिल मिसाएर लडडु बनाएर खाने तथा दान दिने गर्दछन् ।

माघे संक्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे संक्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्याधिक प्रचलनमा छ ।



प्रतिक्रिया दिनुहोस !