२९ बैशाख २०८१, शनिबार

आज २०७७ माघ १ गते बिहिवारको राशिफल



आज २०७७ माघ १ गते बिहिवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेषराशि

आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।इष्टमित्रसंग भेटघाट गर्ने अवसर जुट्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

मिथुनराशि

आज परिवारीक समस्या पनि बढ्न सक्छ । कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ ।

सिंहराशि

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।

तुलाराशि

आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । धर्म कर्ममा मन लाग्नेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

धनुराशि

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम सम्बन्ध कसिलै होला । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

कुम्भराशि

आज सामान हराउने वा चोरी हुने भयछ । टाउको दुख्ने तथा रुघा लाग्नेजस्ता समस्याले सताउन सक्छ । आत्मबल बढाएर काम गरेमा लाभ मिल्नेछ ।

बृषराशि

सानातिना बाधा–अड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कटराशि

मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

कन्याराशि

आज शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सांस्कृतिक क्षेत्रबाट सफलता मिल्नेछ ।

बृश्चिकराशि

सौन्दर्यतामा धन खर्च हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ ।

मकरराशि

सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आफन्तसंग भेट पनि हुनेछ ।आत्मविश्वास बढ्नेछ ।

मीनराशि

गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आस्था बढ्नेछ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।



प्रतिक्रिया दिनुहोस !