२ जेष्ठ २०८१, बुधबार

माघ ४ देखि शुक्रराज अस्पतालले ‘नन कोभिड’ बिरामीको उपचार गर्दै (विज्ञप्तिसहित)



काठमाडौं । माघ ४ गतेदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ‘नन कोभिड’का बिरामीको पनि उपचार सेवा सुरु गर्ने भएको छ।

कोभिड विशेष अस्पतालको रुपमा सेवा दिदैं आइरहेको शुक्रराज अस्पतालले विज्ञप्तिसहित जारी गर्दै माघ ४ गते आइतबारदेखि ‘नन कोभिड’का बिरामीको पनि उपचार सुरु गरिने जानकारी दिएको छ ।

अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘माघ ४ गते आइतबारदेखि लागू हुने गरी पूर्ववत रुपमा नन कोभिड बिरामीहरुका लागि समेत अस्पतालमा उपलब्ध सेवा प्रवाह सूचारु गरिएको व्यहोरा सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँछौं।’

सूचना यस्तो छ



प्रतिक्रिया दिनुहोस !