५ जेष्ठ २०८१, शनिबार

स्वास्थ्य मापदण्ड अपनाएर महर्षी स्कुल खोल्ने तयारी



काठमाडौं। स्वास्थ्य मापदण्ड अपनाएर महर्षी स्कुल खोल्ने तयारी गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस ९कोभिड–१९० का कारण १० महिनादेखि बन्द रहेको काठमाडौँ महानगरपालिका–२६ पवित्रनगरमा रहेको उक्त स्कुलले स्वास्थ्य मापदण्डलाई अपनाएर स्कुल खोल्ने तयारी थालेको हो ।

विद्यालयका प्राचार्य निर्मल पौडेलले काठमाडौं महानगरपालिकाले विद्यालय खोल्ने अनुमति दिएसँगै स्वास्थ्य मापदण्ड अपनाएर माघ ४ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको जानकारी दिनुभयो । “साउनदेखि नै हामीले विद्यार्थीलाई अनलाइन कक्षा लिँदै आएका थियौँ, महानगरपालिकाले विद्यालय खोल्ने अनुमति दिएसँगै माघ ४ देखि विद्यालयको कक्षाकोठामा नै पढाउन लागेका हौँ,”– प्राचार्य पौडेलले भन्नुभयो ।
महर्षी विद्यालयले विद्यार्थीलाई पूर्ण रुपमा सेनिटाइजर गरेर विद्यालय भित्र प्रवेश गराउनका लागि ‘सेनिटाइजर टनेल’ समेत निर्माण गरेको छ । यस्तै, उक्त विद्यालयले विद्यार्थीलाई अनिवार्य माक्स र फेश सिल्ड लगाउनुपर्ने बताए ।

करिब ७५० विद्यार्थी रहेको उक्त विद्यालयले महानगरपालिकाले लागू गरेको स्वास्थ्य मापदण्डअनुसार नै पठनपाठन गर्ने जनाए ।



प्रतिक्रिया दिनुहोस !