७ जेष्ठ २०८१, सोमबार

चुनाव चिह्न नपाए ‘आँधिहुरी’ आउँछ: प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले चुनाव चिह्न नदिए ‘आँधिहुरी’ आउने चेतावनी दिएका छन् ।

बुधबार प्रज्ञाप्रतिष्ठानमा भएको काठमाडौं जिल्लास्तरीय भेलामा सम्बोधन गर्दै गर्दा दाहालले निर्वाचन आयोगले विधिसम्मत आफूहरुकै पक्षलाई चुनाव चिह्न दिन मिल्ने अवस्था रहेको पनि बताए ।

‘हाम्रो पार्टीको नाम र चुनाव चिह्न हाम्रै हुनेछ, म यो विश्वास तपाइलाई दिलाउन चाहन्छु, यदि त्यसो भएन भने यहाँ ‘कयामत’ आउँछ भन्छन् नी हो आँधिहुरी बतास आउँनेछ ।’

दलसम्बन्धी ऐनमा जोसँग ५० प्रतिशतभन्दा बढी केन्द्रीय समितिको संख्या हुन्छ त्यही पार्टी आधिकारीक पार्टी हुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको मुटुमा छुरा चलाएझैं अरू कुनै संवैधानिक निकायले त्यस्तो गरेमा नेपाली जनता हेरेर नबस्ने पनि उनले चेतावनी दिएका छन् ।

उनले भने ‘हामी यहाँ कुनै प्रहसन गर्न, उखानटुक्का भन्न, उत्तेजित भाषण गर्न उपस्थित भएको होइन । मुलुक गम्भीर संकटमा परेको र त्यसको उद्धारका लागि एकजुट भएका छौँ।’

ओलीले असंवैधानिक कदम चालेर मुलुकलाई संकटमा धकेलेकाले त्यसको प्रतिवादमा उत्रन परेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !