४ जेष्ठ २०८१, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा ४४५ कोरोना संक्रमित थपिए, ५ को मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ ।

४ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा ४४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ४३४ रहेको छ ।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९३७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !