७ जेष्ठ २०८१, सोमबार

काँग्रेस वी.पी. ले आन्दोलन परिचालन समिति बनाउने तयारी



काठमाडौं । राष्ट्रिय एकता दिवस तथा २९९ औं पृथ्वी जयन्तिमा पृथ्वीनारायण शाहको शालिकमा जान रोक लगाए पछी नेपाली काँग्रेस (वी.पी.) ले आपति जनाएको छ ।

राष्ट्रिय एकता दिवस तथा २९९ औं पृथ्वी जयन्तिको अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सिंहदराबर पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गर्न जाने क्रममा पार्टीको झण्डा तथा राष्ट्रिय झण्डा बोकेका राष्ट्रवादी, प्रजातन्त्रवादी समुह तथा नागरिक अभियान्ता एवं राजनैतिक दललाई प्रहरीले जबर्जस्ती गरि पार्टीको झण्डा तथा राष्ट्रिय झण्डा नियन्त्रमा लिग्दै पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गर्न रोक लगाउने उद्देश्यले गरिएको प्रहरीको धरपकडलाई नेपाली काँग्रेस (वी.पी.) ले सरकार र गणतन्त्र, धर्म निरपेक्षता र संघिता पक्षधर तथा जनताको भावना विपरीत बनेको २०७२ संविधानको रक्षा गर्नुपर्छ भनेहरु आम- नागरिकसँग अतालिएको आरोप लगाएको छ ।


नेपाली काँग्रेस (वी.पी.) ले २०७२ को संविधान खारेजी र २०४७ को संविधानलाई आधारमानि समयानुकूल संसोधन सहित स्थापनाको आन्दोलन अब अपरिहार्य भएको भन्दै राष्ट्रवादी, प्रजातन्त्रवादी समुह तथा नागरिक अभियान्ता एवं राजनैतिक दललाई एकताबद्व भै जान राष्ट्रिय एकता दिवस तथा २९९ औं पृथ्वी जयन्तिको अवसरमा उसले अपिल गर्दै आन्दोलन तयारीको लागि छलफल गरि आन्दोलन परिचालन समिति बनाउने तयारी गरि रहेकोे छ ।



प्रतिक्रिया दिनुहोस !