९ मंसिर २०८१, आईतवार

भारतीय पत्रकार सुधीर चौधरीले भने: ‘सगरमाथामा भारतले आफ्नो दाबी ठोक्नु पर्छ’ (भिडियोसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन काठमाडौं आएका भारतीय टेलिभिजन च्यानल जी न्यूजका सम्पादक सुधीर चौधरीले सगरमाथामा भारतले पनि दाबी गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने आएका चौधरीले सगरमाथाको आधार शिविर (बेसक्याम्प) कालापथ्थरमै पुगेर सगरमाथा (एभरेस्ट)मा भारतले पनि दाबी गर्नुपर्ने भनेका छन्।

सगरमाथालाई पृष्ठभूमिमा राखेर पत्रकार चौधरीले भनेका छन्,सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्छ भनेका छन् । भारतीय गणितिज्ञ राधानाथ सिकदरले सगरमाथाको उचाइ नापेकाले उनको नाममा सगरमाथाको नामाकरण हुनु पर्ने उनको तर्क छ।

‘माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ भनेका छन्। हाम्रो यो यात्रा त्यही अभियानको एउटा महत्वपूर्ण हिस्सा हो, उनले भने, ‘संसारलाई सगरमाथाको उचाइ पहिलोचोटि बताउने राधाकृष्ण सिकदरलाई अहिलेसम्म जस दिइएको छैन। अब भारतले आफ्नो यो दाबा ठोक्नुपर्छ।

उनले ‘अंग्रेजहरुले भारतीय गणितिज्ञको कुनै मान्यता दिएनन् । बरु माउन्ट एभरेष्ट राख्दिए ।’ दर्शकलाई उनले ‘माउन्ट सिकदर’ अभियान थाल्नु पर्ने बताए ।

सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी यसो भन्दै थिए ।

भिडियो हेर्नुहोस्



प्रतिक्रिया दिनुहोस !