९ मंसिर २०८१, आईतवार

मुख्यमन्त्री कार्यालय अगाडि अनेरास्ववियुको विरोध प्रदर्शन



बुटवल । प्रतिनिधिसभा विघटन गरिएको विरोधमा अनेरास्ववियु रुपन्देहीको आयोजनामा बुधबार लुम्बिनी प्रदेशको कार्यालय अगाडी विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले असंवैधानिक कदम राखेज गनुपर्ने, सगरमाथाको बिषयमा भ्रमात्मक प्रचार गर्ने भारतीय मडिया जि न्युज नेपालमा बन्द गर्नुपर्ने, सरकारले महङ्गी नियन्त्रण गर्नुपर्ने समेत माग गरेका छन् ।

नेपाली जनताले तिरेको करवाट बालुवाटारमा भोज खाएका भारतीय जि न्युजका पत्रकार सुधीर चौधरीले सगरमाथा बेस क्याम्पमा पुगेर फेरि एकपट नेपाल र नेपालीको स्वाधिनतामाथि आक्रमण गरेको प्रदर्शनकारीले आरोप लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस !