३ मंसिर २०८१, सोमबार

चुनावको तयारीमा जुट्न उपप्रधानमन्त्रीको आग्रह



काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेलले तोकिएकै मितिमा चुनाव हुने दाबी गर्दै तयारीमा जुट्न आग्रह गरेका छन् ।

नेकपा सर्लाहीले सदरमुकाम मलङ्गवामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै पोखरेलले चुनावको तयारीमा जुट्न जिल्लाका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन ।

उनले वैधानिक रुपमा नेकपा नफुटेको बताए । तत्कालीन एमाले र माओवादीबीच एकताको शुरुआतको अवस्थाबाटै केही समस्या देखिएको र अहिले सो समस्या सतहीरुपमा मैदानमा देखा परेको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !