५ जेष्ठ २०८१, शनिबार

उत्कृष्ट महिला खेलाडीको अवार्ड गौरिकालाई



काठमाडौं । पौडीकी गौरिका सिंहले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा गौरिका वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् । अवार्ड जित्ने क्रममा गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पारिन् ।

नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद ९साग० प्रतियोगितामा गौरिकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन् ।

२०० मिटर फ्री(स्टायल, २०० मिटर ब्याक स्ट्रोक, ४०० मिटर फ्री(स्टायल र १०० मिटर फ्री(स्टायलमा स्वर्ण पदक जितेकी थिइन् ।

त्यस्तै, उनले ५० र १०० मिटर ब्याक स्ट्रोकमा रजत पदक जितेकी थिइन् भने स्विमिङ टिम इभेन्ट्समा तीन कास्य पदक जितेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !