७ मंसिर २०८१, शुक्रबार

चन्द्रागिरीको आईपिओ भर्ने अन्तिम दिन अहिले सम्मकै धेरै आवेदक



काठमाडौं । आजबाट चन्द्रागिरी हिल्स लिमिटेडको आईपिओ भर्ने म्याद सकिएको छ । पुस २४ गतेबाट आवेदन खुला गरेको यस कम्पनीको आज बेलुकाको ५ बजेबाट आवेदन बन्द भएको हो ।

बिक्रि प्रबन्धक ग्लोबल आईएमइ क्यापिटलका अनुसार यस कम्पनीको आइपीओमा १२ लाख ५१ हजार १० जना आवेदकले २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन दिएका छन् ।

यस कम्पनीको आइपीओमा परेको आवेदन अहिले सम्म कै धेरै हो ।

यस अघि आइपीओ जारी गरेको प्रभु लाइफको आइपीओमा १० लाख ४९ हजार आवेदकले आवेदन दिएका थिए ।

चन्द्रागिरीले सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ निशकाष्न गरेको हो ।

अब कम्पनीको आईपिओ १ लाख ३९ हजार ६ सय २२ जनाले मात्र १० कित्ताको दरले पाउने छन् । बाँकी ११ लाख आवेदक भन्दा धेरै आवेदकको हात खाली हुनेछ ।



प्रतिक्रिया दिनुहोस !