८ मंसिर २०८१, शनिबार

एकै दिन विश्वभर ८ हजार ९०० भन्दा बढी कोरोना संक्रमितको मृत्यु



काठमाडौं। विश्वभर कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टाभित्र आठ हजार ९४६ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख ५१ हजार ९३३ पुगेको छ।

हालसम्म विश्वभर नौ करोड १२ लाख ७५ हजार ९६७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६ करोड ५२ लाख १६ हजार १४२ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड ४१ लाख सात हजार ८९२ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ८५ हजार ८८ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार ७५२ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म दुई लाख तीन हजार ६१७ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५१ हजार ३६४ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख ३३ हजार ७०४, बेलायतमा ८१ हजार ९६०, इटलीमा ७९ हजार २०३, फ्रान्समा ६८ हजार ६०, स्पेनमा ५२ हजार २१५, इरानमा ५६ हजार २६२, अर्जेन्टिनामा ४४ हजार ६५४, कोलम्बियामा ४६ हजार ४५१ तथा रसियामा ६२ हजार २७३ जनाको मृत्यु भएको तथ्यांक छ।



प्रतिक्रिया दिनुहोस !