३ मंसिर २०८१, सोमबार

चन्द्रागिरी हिल्सको आइपीओ भर्ने आज अन्तिम दिन



काठमाडौं । आजबाट चन्द्रागिरी हिल्सको आइपिओ भर्ने म्याद सकिँदै छ । शुक्रबारदेखी सर्वसाधारणका लागि निस्कासन भएको १३ लाख ३४ हजार कित्ता आपीईओ भर्ने म्याद आज मंगलबार सकिन लागेको हो ।

आईपीओका लागि हिँजो सोमबार सम्ममा १६ गुणा बढी आवेदन परेको छ । आइपीओ निष्काशन गरेका तेस्रो दिन सोमबार ४ बजेसम्म १० लाख ६७ हजार ८९३ जनाले २ करोड १० लाख ५२ हजार सेयर कित्ताको लागि २ अर्ब १० करोड ५२ लाख ३२ हजार रुपैयाँ बराबरको आवेदन दिएका निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका सीईओ पारसमणी ढकालले जानकारी दिएका छन ।

आइतबारसम्म १ करोड ७० लाख २७ हजार ७९० कित्ता आईपीओ माग थियो । आइतबार ८ लाख ६३ हजार ४४६ आवेदकले १ करोड ७० लाख २७ हजार ७९० कित्ताका लागि १ अर्ब ७० करोड २७ लाख ७९ हजार रुपैयाँको आवेदन परेको थियो ।



प्रतिक्रिया दिनुहोस !