८ मंसिर २०८१, शनिबार

आज दिनभर उपत्यकामा भएका गतिविधि यस्तो छ

कतै पृथ्वी जयन्ती उत्सव त कतै विरोध सभा



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेपछि अहिले मुलुकमा राजनीतिक र संवैधानिक संकट चुलिएको छ । प्रधानमन्त्रीको कदमका विरुद्ध विभिन्न राजनीतिक दल,संघसंस्था,नागरिक समाजलगायत आन्दोलनमा छन् ।

त्यस्तै आज पृथ्वी जयन्ती पनि हो । सो अवसरमा राप्रपा नेपाललगायत विभिन्न संघसंगठनले विभिन्न कार्यक्रम गर्दैछन्। संसद विघटनपछिको राजनीतिक अवस्था र पृथ्वी जयन्तीका अवसरमा सोमबार काठमाडौँमा विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाइएको छ ।

पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डपमा भेला भई नगर परिक्रमा गरि सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेको छ ।

त्यस्तै पूर्वजनमुक्ति सेना नेपालले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय कोटेश्वरमा बृहत् भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो ।

सामाजिक सदभाव तथा राष्ट्रिय एकता अभियानले २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गर्ने र मोटरसाइकल र्यालीसहित सिंहदरवार अगाडि कार्यक्रम सम्पन्न गरेको छ ।

यता, विवेकशील पार्टीले प्रधानमन्त्री ओलीको गैरसंबैधानिक कदमबिरुद्ध माइतिघर मण्डलामा नेपालका विभिन्न सांस्कृतिक पोसाकसहितको प्रदर्शन उत्रिएका थिए ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शान्तिवाटिकामा भेला भई सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरि माइतीघर मण्डलामा गएर कोणसभा परिणत भएको थियो।

नेपाल नागरिक अभियानले २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हनुमानढोकामा भेला भइ र्यालीसहित सिंहदरबार स्थित पृथ्वीनारायण शाहको सालिकमा श्रद्धासुमन अर्पण गरेको छ ।

त्यसैगरी, वीर गोर्खाली अभियानले पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा अहिले ११ बजे भृकुटीमण्डपमा नेपाली झण्डा तथा नेपाली भेषभुषामा पैदल तथा मोटरसाइकल र्याली गरेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराको प्रमुख आतिथ्यतामा दिउँसो १ बजे जलपान कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय एकता परिषदले २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विशाल र्यालीमा परिणत भएको थियो । अहिले खुल्लामञ्चदेखि सिंहदरबारसम्म हुने र्याली रहेकोे थियो।

नेपाली काङ्ग्रेस (वीपी)ले २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भद्रकाली मन्दिर पुगेर माल्यार्पण गर्ने कार्यक्रम आयोजना गरेको थियो ।

राष्ट्रवादी नागरिक समाजले पृथ्वीनारायण शाहको २९९औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा असनमा भेला भई सिंहदरबारस्थित पृथ्वीनारायण शाहको प्रतिमामा फुलमाला चढाउने कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरी राप्रपा कमल थापा निकटले पार्टी कार्यालय सल्लाघारी,भक्तपुरमा साढे २ बजेसम्म २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् ।

विश्व हिन्दु युवा संघले गाँजा वैधानिक गर्न माग गर्दै अहिले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । अहिले नै साझा युवा संगठनले विवेकशील साझा पार्टीको कार्यालय बखुण्डोलमा राष्ट्रिय एकता दिवसको अवसरमा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल र गौर शमशेर जवराको उपस्थितिमा विशेष कार्यक्रम गरेको छ ।

बृहत् नागरिक भेला संयोजन समितिले नेकपाका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक भेला कार्यक्रम गर्ने गर्ने जनाएको छ। भेला अपरान्ह १२;४५ बजे क्वालिटी बैङ्क्वेट बुद्धनगरमा भएको थियो ।

अपरान्ह १ बजे नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि अखिल नेपाल जनसाँस्कृतिक महासंघले प्रतिगमनविरुद्ध साँस्कृतिक प्रतिरोध सभामा आयोजना गरेको थियो।

प्रचण्ड-माधव निकट अखिल नेपाल राष्ट्रिय स्वतत्र विद्यार्थी यूनियन केन्द्रीय समितिले प्रतिनिधि सभा विघटनको असंबैधानिक कदमको विरुद्ध देशभर सडक कवितारगितरगजल कार्यक्रम गरेको छ ।

गंगामाया अधिकारीले छोरा कृष्ण प्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राखि पानीसमेत नखाई राष्ट्रिय ट्रमा सेन्टरमा सत्याग्रह शुरु गरेको सत्याग्रह आज पनि पानीसमेत नखाई बसेका छन ।



प्रतिक्रिया दिनुहोस !