७ जेष्ठ २०८१, सोमबार

पृथ्वीनारायण शाहको शालिकमा जान प्रहरीले हस्तक्षेप गरेकोमा काँग्रेस (वी.पी.)को आपति



काठमाडौं । राष्ट्रिय एकता दिवस तथा २९९ औं पृथ्वी जयन्तिमा पृथ्वीनारायण शाहको शालिकमा जान रोक लगाए पछी नेपाली काँग्रेस (वी.पी.) ले आपति जनाएको छ ।

पार्टी कार्यालयका सचिव सुशीलराज वाग्लेले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता दिवस तथा २९९ औं पृथ्वी जयन्तिको अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सिंहदराबर पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गर्न जाने क्रममा हाम्रो पार्टीको झण्डा तथा राष्ट्रिय झण्डा बोकेका राष्ट्रवादी, प्रजातन्त्रवादी समुहलाई प्रहरीले जबर्जस्ती गरि पार्टीको झण्डा तथा राष्ट्रिय झण्डा नियन्त्रमा लिग्दै पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गर्न रोक लगाउने उद्देश्यले गरिएको प्रहरीको धरपकड प्रति घोर भर्शना तथा निन्दा गरेका छ ।



प्रतिक्रिया दिनुहोस !