५ जेष्ठ २०८१, शनिबार

काँग्रेस वी.पीको कार्यक्रता र प्रहरी बीच झडब



काठमाडौं । राष्ट्रिय एकता दिवस तथा २९९ औं पृथ्वी जयन्ति मनाउने क्रममा प्रहरी र नेपाली काँग्रेस (वी.पी.) बीच झडब भएको छ ।


नेपाली काँग्रेस (वी.पी.) ले राष्ट्रिय एकता दिवस तथा २९९ औं पृथ्वी जयन्तिको अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सिंहदराबर पश्चिम गेटमा रहेको शालिकमा माल्यापर्ण गर्न आफ्नो पार्टीको झण्डा र राष्ट्रिय झण्डा सहित श्री ५ पृथ्वी नारायण शाह – अमर रहुन, राष्ट्रिय एकता दिवस – अमर राहोस्, धर्म निरपेक्षता – खारेज गर, संघीयता – खारेज गर, नेपाली काँग्रेस (वी.पी.) – जिन्दावादका नारा लगाउदै अगाडी बढेको पार्टीका नेताकार्यकर्तालाई प्रहिले भद्रकाली र सिंहदराबर बिचमा रहेको पुलमा रोके पछी स्थिति तनावग्रस्त भएको थियो ।

पार्टीको झण्डा तथा राष्ट्रिय झण्डा बोकेका राष्ट्रवादी, जातन्त्रवादी समुह तथा नागरिक अभियान्ता एवं राजनैतिक दललाई रोक लगाएको भन्दै प्रहिरसँग केहीबेर भनाभन तथा झडव भए पछी पार्टीको झण्डा सहित राष्ट्रिय झण्डा बोकेका राष्ट्रवादी, प्रजातन्त्रवादी समुह तथा नागरिक अभियान्ता एवं राजनैतिक दल अगाडी बढी पृथ्वीनारायण शाहको शालिकमा नेपाली काँग्रेस (वी.पी.) झण्डा तथा राष्ट्रिय झण्डा फहराएर माल्यापर्ण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !