३ जेष्ठ २०८१, बिहीबार

नेपालमा पछिल्लो २४ घण्टामा ४८१ कोरोना संक्रमित थपिए, १० को मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९२७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !