१ जेष्ठ २०८१, मंगलवार

आज नेपालभर ५२७ कोरोना संक्रमित डिस्चार्ज



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५८ हजार ९६८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९२७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !