२९ बैशाख २०८१, शनिबार

पल्सर स्पोर्टस अवार्ड ४ टेलिभिजनबाट प्रत्यक्ष प्रशारण



काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड चार टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने भएको छ ।

कोरोना भाइरस महामारीको जोखिमका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्ड नेपालका प्रमुख टेलिभिजन च्यानलहरु एनटीभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टीभी एचडीबाट प्रत्यक्ष प्रसारण हुने भएको हो ।

साथै एनएसजेएफको युट्युब च्यानल, मिडिया हबलगायत खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रशारण गरिनेछ । यस्तै त्रिपुरेश्वरस्थिति वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा पनि कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिनेछ । कार्यक्रमका निम्तालुहरु भने जुममार्फत जोडिनेछन् ।

कोरोना भाइरसका कारण विशेष स्वास्थ्य मापदण्ड अपनाएर आयोजना गर्नुपर्ने हुनाले कार्यक्रम सेमी भर्चुअल रुपमा हुनेछ । भर्चुअल रूपमा आयोजना हुन लागेको अवार्ड कार्यक्रम नेपालकै पहिलो हुने अध्यक्ष दुर्गानाथ सुवेदीले विज्ञप्तिमार्फत जनाएका छन् ।

अवार्ड भोलि ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुनेछ । अवार्ड कार्यक्रम अपराह्‍न साढे ४ बजे सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !