भिजिट भिसामा विदेश जानेलाई १५ लाखको बिमा अनिवार्य
काठमाडौं । भिजिट भिसामा विदेश जानेलाई बिमा अनिवार्यको लागु गरिने भएको छ ।
अध्यागमन विभागको आज भएको प्रारम्भिक छलफलमा भिजिट भिसाको लागि विदेश जानेहरुको लागि बिमा अनिवार्य लागु गराउन लागिएको विभागका निर्देशक टेकनारायण पौडेलले बताएका छन् ।
छलफलमा तत्काल बिरामी भएमा उपचार खर्च कसरी पाउने, दुर्घटना भएमा उपचार खर्च कसरी पाउने, यात्राको समयमा मालसामान चोरी भएका मालसामानको क्षतिपूर्ति कसरी पाउने भनेर विषयमा छलफल भएको थियो ।
आज अध्यागमन विभागले आयोजनामा भएको उक्त प्रारम्भिक छलफलमा नेपाल राष्ट्र बैंक, वैदेशिक रोजगार विभाग, अध्यागमन कार्यालय, बिमा समितिका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।