सिद्धार्थ बैंकको बोनस पाउने आज अन्तिम दिन
काठमाडौं । सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज (पुस २७ गते सोमबार) अन्तिम दिन रहेको छ ।
साधारणसभा तथा लाभांश प्रयोजनको लागि पुस २८ गते बुक क्लोज गर्ने भएसँगै आज सम्म कायम शेयरधनीमात्र सिद्धार्थ बैंकको लाभांश पाउने भएका छन् ।
बैंकको लाभांश पाउन आज पुस २७ गतेसम्ममा बैंकको कायम शेयरधनी भइसक्नु पर्ने हुन्छ ।
यस अघि बैंकले गत आवको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरि कुल १५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले माघ १६ गते शुक्रबार बालुवाटारको आम्रपाली ब्यांक्वेटमा साधारण सभा आह्वान गरेको छ ।
बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
उक्त सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, अधिकृत पुँजी वृद्धि गरि १६ अर्ब पुर्याउने, गाभ्ने गाभिने समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका विषउमा छलफल हुने बतायएको छ ।