६ जेष्ठ २०८१, आईतवार

एकै दिन विश्वभर थप ८ हजार ७०० भन्दा बढी संक्रमितको मृत्यु



काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र आठ हजार ७५१ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज बिहान यो समाचार तयार पर्दासम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख ४२ हजार ४६३ पुगेको छ।

हालसम्म विश्वभर नौ करोड ६ लाख ६६ हजार ५९४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६ करोड ४७ लाख ९१ हजार ७२९ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड ३९ लाख ३२ हजार ४०२ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ८३ हजार २४२ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार ७५९ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म दुई लाख तीन हजार १४० जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५१ हजार १९८ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख ३३ हजार २०४, बेलायतमा ८१ हजार ४३१, इटलीमा ७८ हजार ७५५, फ्रान्समा ६७ हजार ७५०, स्पेनमा ५१ हजार ८७४, इरानमा ५६ हजार १७१, अर्जेन्टिनामा ४४ हजार ४९५, कोलम्बियामा ४६ हजार ११४ तथा रसियामा ६१ हजार ८३७ जनाको मृत्यु भएको तथ्यांक छ।



प्रतिक्रिया दिनुहोस !